
एक जोडी निशानवाजको गोली प्रहारबाट डल्लालसका पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप ७ जना घाइते भएका छन्। डल्लासमा आयोजित र्याली अन्त्य हुनै लागेको समयमा प्रहरीमाथि फायरिङ खोलिएको थियो। सयौं मानिसहरु र्यालीमा सहभागी थिए। प्रहरीको गोली लागेर मरेका अस्वेत अमेरिकनको विषयलाई लिएर र्याली आयोजन भएको थियो।
गोलीको शिकार भएर मारिनेमा डल्लास प्रहरीका चार अधिकृत र पाँचौ भने ४३ वर्षका ट्रान्जिट अफिसर रहेको खुलेको छ।
डल्लास प्रहरी प्रमुख डेभिड ब्राउनले गोली चलाउनेले नियतवस प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए।
ब्राउनले डल्लासका प्रमुख शहरी क्षेत्रमा धेरै अपराधिक गतिविधि सक्रिय रहेको नोटिस भएको जनाएका छन्। एकजनालाई सुरक्षाकर्मीहरुले पार्किङ ग्यारेजमा घेराउ गरेका छन् अन्य केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग्यारेज नजिकै संकास्पद वस्तु देखा परेको छ। घटनास्थलमा बम स्क्वाड खटिएको छ।
हतियारधारीसँग वार्ता पनि भइरहेको छ। मध्यस्तकर्तालाई हतियारधारीले थप सुरक्षाकर्मीको हत्या हुने चेतावनी दिएका छन्।
'अझै यहाँ तनावपूर्ण स्थिति छ,' ब्राउनले प्रेस मिटमा भने। प्रत्यक्षदर्शीका अनुसार लागातार गोलीका आवाज सुनिएको छ भने त्यहाँ अत्याउनेखालको अवस्था छ। प्रहरीले हतियारधारीलाई समात्न घेरा हालेकाले पनि स्थिति भयपूर्ण छ।
यहाँका मेयरले घटनास्थलमा नजान सबैलाई आग्रह गरेका छन्। बेलर मेडिकल सेन्टरको गेटमा प्रहरी र अन्य मानिसहरु जम्मा भएका छन् किनकि त्यहाँ घाइते प्रहरीहरुलाई राखिएको छ।
स्थानीय समयअनुसार राति ९ बजे गोली चलेको थियो। यो साताको सुरुमै दुई अफ्रिकन-अमेरिकनमाथि स्वेत अमेरिक पुलिसले गोली हानेको विरुद्धमा जुलुस निस्किएको थियो। अमेरिकाका अन्य भागमा पनि यस्ता जुलुसहरु निस्किएका थिए। करिब एक घन्टा शान्तिपूर्ण रहेको जुलुसमा एक्कासी गोली चल्न थाल्यो।