PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

हलमा 'सुल्तान' हाबी, ठूला पर्दाबाट हटे नेपाली फिल्म



पहिलोपोस्ट

हलमा 'सुल्तान' हाबी, ठूला पर्दाबाट हटे नेपाली फिल्म

काठमाडौं : बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'सुल्तान'ले 'इद रिलिज'मा आजसम्मकै सर्वाधिक कलेक्सनको रेकर्ड बनायो। सलमान खान स्टारर फिल्मले पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो।
 
सलमान खान, अनुष्का शर्मा अभिनित फिल्मले दोस्रो दिन ४० करोडको व्यापार गर्‍यो। फिल्मले ३ दिनमा सय करोडको व्यापार गर्ने अनुमान गरिएको इन्डियन एक्स्प्रेसमा जनाइएको छ।
 
इदको बिदाका कारण पनि प्रदर्शनको पहिलो र दोस्रो दिन भारत र नेपालका हलहरु सुल्तान शोमा हाउसफुल रहे। नेपालका ठूला हलहरुमा यो हप्ता सुल्तानबाहेक कुनै पनि नयाँ नेपाली र हिन्दी फिल्म लागेका छैनन्। सुल्तानको एकछत्र राज भएपछि अरु फिल्म हलबाट आउट भएका हुन्।

पहिलो दिन नेपालमा सुल्तानले एक करोड कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell