PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जर्मनीलाई हराएपछि आइसल्याण्ड शैलीमा फ्रान्सको 'भाइकिङ क्लाप'



पहिलोपोस्ट

जर्मनीलाई हराएपछि आइसल्याण्ड शैलीमा फ्रान्सको 'भाइकिङ क्लाप'

फ्रान्समा चलिरहेको युरोकप २०१६ मा एउटा सेलेब्रेसन स्टाइलको निकै चर्चा भयो, भाइकिङ क्लाप। खासमा यो आइसल्याण्डका फुटबल खेलाडी र समर्थकहरुको स्टाइल थियो। आइसल्याण्ड नखेलेको खेलमा पनि यो शैली चर्चित भयो।
 
आयोजक फ्रान्सले जर्मनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेपछि भाइकिङ क्लाप शैलीमै सेलेब्रेसन गर्‍यो। फ्रान्सका खेलाडीहरुले मैदानबाट भाइकिङ क्लाप सुरु गरेपछि मैदानबाहिर रहेको समर्थकहरुले समेत साथ दिएका थिए।
 
जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्सले पोर्चुगलसँगको उपाधि भिडन्त पक्का गरेको हो। फ्रान्सले क्वाटरफाइनलमा आइसल्याण्डलाई ५–२ ले हराएको थियो।
 

सन् १९९६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलबाट मेक्सिन वेभ चर्चामा आएको थिए। अहिले फ्रान्समा भएको युरोकपबाट पनि यस्तै नयाँ खालको सेलेब्रेसन शैली भाइकिङ क्लाप भित्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell