
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले बंगलादेशविरुद्ध हुने दुई फिफा 'ए' मैत्रीपूर्ण खेलका लागि शुक्रबार नेपाली टोली घोषणा गरेका छन्।
हाल प्रशिक्षकमा रहेको २९ खेलाडीमध्येबाट २१ खेलाडीको छनोट गरिएको एन्फाले बताएको छ।
छनोट भएको टोलीमा ३ गोलरक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। नेपालले आगामी असार ३१ र साउन २ गते बंगलादेहसँग दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।
उक्त दुई मैत्रीपूर्ण खेललाई आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारीको रुपमा हेरिएको छ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा कोजी छन् भने प्रशिक्षकमा राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर रहेका छन्। नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्नेछन्। उपकप्तानको जिम्मेवारी विराज महर्जनलाई तोकिएको छ।
कोको परे टोलीमा?
डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रन्जित धिमाल, मानबहादुर तामाङ
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, राजेन्द्र रावल, अन्जल विष्ट, सुमन लामा
फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास, रन्जन विष्ट, अनिल गुरुङ