PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

यस्तो छ, एन्टोनी ग्रिज्मनको गोल सेलेब्रेसन रहस्य



पहिलोपोस्ट

यस्तो छ, एन्टोनी ग्रिज्मनको गोल सेलेब्रेसन रहस्य

फ्रान्सेली खेलाडी एन्टोनी ग्रिज्मन जब गोल गर्छन् तब आफ्नो फरक शैली डान्सिङ स्टाइलमा गोलको सेलेब्रेसन गर्छन्।

फ्रान्समै जारी युरोकप २०१६ अन्तर्गत जर्मनी विरुद्धको सेमिफाइनलमा दुई गोल गरेका ग्रिज्मनले गोलपछि उक्त स्टाइलमा सेलेब्रेसन गरे। ग्रिज्मनकै दुई गोलको मद्दतमा जर्मनीलाई हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ।
 
फ्रान्सका लागि मात्र होइन क्लब फुटबलमा स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट गोल गर्दा पनि ग्रिज्मन यस्तै स्टाइलमा गोलको सेलेब्रेसन गर्छन्।
 
आखिर के छ त ग्रिज्मनको उक्त स्टाइलको रहस्य?
 
'उक्त डान्स ड्राकको हटलाइन ब्लिङ भिडियोबाट गरिएको हो। एथ्लेटिको मड्रिडका लागि गोल गर्दा म यो स्टाइलमा डान्स गर्दै आइरहेको छु र अल्वानियाविरुद्ध गोल गर्दा पनि मैले यस्तै गर्नुपर्ने थियो,' ग्रिज्मन भन्छन्, 'एकदमै भावनात्मक बन्दा मैले डान्स गर्नै बिर्सेछु।'
 
आयरल्याण्डविरुद्ध बराबरी गोल गर्दा पनि यस्तै भएको थियो उनलाई। तर दोस्रो गोल गर्दा भने उनले सम्झिए र डान्स गरे। उनले थपेका छन्, 'वास्तवमा यो क्यानडियन र्‍यापर ड्राकको हिट सिंगल हटलाइन ब्लिङ भिडियोलाई ट्रिवुट हो।'

भिडियोमा हेर्नुस् हटलाइन ब्लिङ- 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell