PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोमल ओली भन्छिन्- हिरो हुनुपर्ने मान्छे कसरी गृहमन्त्री!



सविन ढकाल

कोमल ओली भन्छिन्- हिरो हुनुपर्ने मान्छे कसरी गृहमन्त्री!

काठमाडौं : शुक्रबार राजधानीमा भएको एउटा कार्यक्रममा गायिका कोमल ओली निकै रोमान्टिक मुडमा देखिन्थिन्। त्यही कार्यक्रमका अतिथि थिए गृहमन्त्री शक्तिबहादुर बस्नेत।
 
कोमललाई बोल्न मञ्चमा बोलाइयो। उनले पाएको अवसर किन छोड्थिन् र! मौका छोपेर गाइहालिन्- तीजको नयाँ गीत। 'पोइ पाम्' भन्ने भावको यो गीत आउँदो तीजका लागि तयारी भइरहेको छ।

 

केही वर्षयता 'पोइला जान पाऊँ' भन्दै तीज गीत गाएर चर्चामा आएकी कोमलले यसपटक भने शिवसंग अन्तिम पटक पोइ पाम् भनेर आग्रह गरेकी छिन्।
 
जब कोमलले पोइ पाम् भन्दै लयबद्ध गीत गाइन्, उपस्थित सबै उत्साहित भएर सुन्न थाले। गृहमन्त्री बस्नेत पनि स्टेजमा बसेर मुसुमुसु हाँस्दै गीत सुनिरहेका थिए।
 
'गोजीमा गाँठ भएको र मनमा आँट भएको कोही केटा भए उठिदिनुहोला,' उनले दर्शकतिर हेर्दै आग्रह गरिन्। तर 'आँटवाला' र 'गाँठवाला' कोही देखिएनन्। कोमल खिन्न भइन्।
 
गृहमन्त्रीतिर पनि एक नजर त फ्याँकिन् तर उनी अक्क न बक्क भएर बसी नै रहे।
 

'राजनीतिमा 'रङ च्वाइस' भयो' भन्दै उनले मन्त्री बस्नेतलाई इंगित गर्न थालिन्। 'हिरो हुने मान्छे गृहमन्त्री भएर गलत भयो,' उनले थपिन्, 'मैले उहाँलाई आजै हो नजिकबाट देखेको। यतिको राम्रो मान्छे हिरो हुनुपर्ने गृहमन्त्री कसरी हुनुभयो?'
 

बस्नेतलाई के चाहियो। गमक्क परेर बसिरहे। तत्काल केही प्रतिक्रिया दिएनन्। अलि नजिकै गएर उनले बस्नेतकै अगाडि गाउन थालिन्-

बाँझो खेतमा
छड्के सलाम छ मायालाई
पहिलो भेटमा..



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell