PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जर्मन कोच र हुमेल्सद्वारा युरो संरचनाको आलोचना, लो भन्छन्- '१६ टीममै झार्नुपर्छ'



पहिलोपोस्ट

जर्मन कोच र हुमेल्सद्वारा युरो संरचनाको आलोचना, लो भन्छन्- '१६ टीममै झार्नुपर्छ'

आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित हुँदै युरोकप २०१६ बाट बाहिरिएपछि जर्मनीका कोच र खेलाडीले नयाँ संरचनाको आलोचना गरेका छन्।
 
जर्मनीका कोच योकिम लो र डिफेन्डर माट्स हुमेल्सले सहभागी संख्या २४ पुर्‍याउँदा नतिजाको गुणस्तर घटेको बताएका छन्।
 
फ्रान्ससँग पराजित भएपछि बोल्दै कोच लो ले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन १६ टीममै झार्नुपर्ने प्रस्ताव समेत गरेका छन्। 'मेरो विचारमा २४ टीम एकदम धेरै हो, विश्वकपमा सहभागी संख्या बडेर ४० पुग्दैछ,' उनले स्पोर्टस वान डट डिईसँग भनेका छन्, 'यो धेरैभन्दा धेरै हो। लामो समयमका लागि यो समस्या हो।
 
सेमिफाइनसम्म पुग्ने क्रममा जर्मनीले युक्रेन, उत्तरी आयरल्याण्ड, पोल्याण्ड, स्लोभाकिया र इटलीसँग प्रतिस्पर्धा गरेको थियो।
 
हुमेल्सका अनुसार यो भने कमजोर टीमसँग धेरै खेल खेल्नु हो, जसले गोलरहित बराबरी खेल्ने प्रयास गर्छन्।
 
'यो युरोकपको स्तर हामीले आशा गरेअनुसारको हुन सकेन,' हुमेल्सले भने, 'धेरै टीम बलसँग केही गर्न चाँहदैनन्, उनीहरु बलपछाडिको मान्छेलाई व्यस्त बनाउन चाहन्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell