PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

श्रीमतीलाई अपहरण गर्ने श्रीमानको यस्तो छ कथा, जसले सात महिना बन्धक बनाएका थिए



पहिलोपोस्ट

श्रीमतीलाई अपहरण गर्ने श्रीमानको यस्तो छ कथा, जसले सात महिना बन्धक बनाएका थिए

काठमाडौं : आफ्नै श्रीमतीको अपहरण गर्ने एक जनासहित अन्य दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
 
काठमाडौको सामाखुसी बस्दै आएका ५६ वर्षीय नरेन्द्रराज शर्मा पौडेलसहित अन्य समातिएका हुन्। गत वर्षको मंसिर १४ बजे उनले श्रीमतीलाई नै अपहरण गरी फेथ ड्रग एण्ड अल्कोहल ट्रिटमेन्ट सेन्टरमा बन्धक बनाएका थिए।
 
बन्धक बनाउन सघाएका सो केन्द्रका सञ्चालक ललितपुर-१४ तिखिदेवल बस्ने ३३ वर्षीय सुभास खड्का र केन्द्रकै कर्मचारी ललितपुर बागडोलका ३१ वर्षीय सुधिरचन्द्र अधिकारीलाई समेत प्रहरिले पक्राउ गरेको हो। ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कसरी गरे श्रीमती अपहरण? पढ्नुस्-
अंश जोगाउन श्रीमतीको अपहरण, कुलतमा फसेको भन्दै पुर्‍याए सुधार केन्द्र 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell