PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने यी हुन् इंग्लिस रेफ्री



पहिलोपोस्ट

फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने यी हुन् इंग्लिस रेफ्री

युरोकप २०१६ अन्तर्गत आयोजक फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल इंग्लिस रेफ्री मार्क क्लाटनेवर्गले खेलाउने भएका छन्। युइएफए रेफ्री कमिटीले सेन्ट डेनिसमा हुने खेल क्लाटेनवर्गले खेलाउने घोषणा गरेको हो।
 
४१ वर्षे क्लाटेनवर्गले गत मे मा भएको रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल समेत खेलाएका थिए। एकै वर्षमा च्याम्पियन्स लिग र युरोकपको फाइनल खेलाउने उनी दोस्रो रेफ्री बन्ने भएका छन्। यसअघि सन् २०१२ मा पेड्रो प्रोएन्काले दुवै फाइनल खेलाउने अवसर पाएका थिए। पूर्व इलेक्ट्रिसियन समेत रहेका क्लाटनेवर्गले मे मा एफए कपको फाइनल समेत खेलाएका थिए।
 
फ्रान्समा जारी युरोमा उनले खेलाउन लागेको यो चौथो खेल हो। यसअघि बेल्जियम र इटली, चेक र क्रोएसिया तथा स्विट्जरल्याण्ड र पोल्याण्डबीचको खेल खेलाएका थिए। आइसल्याण्ड र अष्ट्रियाबीचको खेलमा भने फोर्थ अफिसियलको भूमिकामा थिए उनी।
 
सन् २००७ मा अन्तर्राष्ट्रिय रेफ्री बनेका क्लाटेनवर्गले सन् २०१२ को ओलम्पिक पुरुष फुटबलको फाइनल र २०१४ को युइएफए सुपर कपको फाइनल खेलाएका थिए।
 
उनी युरोकप फाइनल खेलाउने तेस्रो इंग्लिस रेफ्रीबन्नेछन्। यसअघि सन् १९६० मा आर्थर एलिस र १९६४ मा आर्थर हल्याण्ड फाइनल खेलका रेफ्री थिए।
 

फाइनल खेलका रेफ्री टीम

रेफ्री : मार्क क्लाटेनवर्ग, इंगल्याण्ड
असिस्टेन्ट रेफ्री : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड
एडिसनल असिस्टेन्ट रेफ्री : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड
फोर्थ अफिसियल : भिक्टोर कसाई, हंगेरी
रिजर्भ असिस्टेन्ट रेफ्री : ग्योर्जी रिङ, हंगेरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell