PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले दिए राजीनामा



पहिलोपोस्ट

 प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले दिए राजीनामा

अर्जेन्टिनाका पूर्व प्रशिक्षक मार्सेलो बिएस्लाले प्रशिक्षक बनेको दुई दिनमै राजीनामा दिएका छन्। इटालियन क्लब लाजियोको प्रशिक्षकमा बुधबार नियुक्त भएका बिएस्लाले दुई दिनपछि नै राजीनामा दिएका हुन्।
 
६० वर्षे बिएस्ला गत बुधबार स्टेफानो पिओलीको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए। पिओलीलाई क्लबले गत अप्रिलमा बर्खास्त गरेको थियो। तर क्लबले बुधबार बिएस्लाले प्रशिक्षक पद छाडेको र अन्य थप जानकारी उपलब्ध नभएको बताएको छ।
 
सन् २००० यता इटालियन सिरी ए को उपाधि जित्न नसकेको लाजियो गत सिजन आठौं भएको थियो। मार्सेलोले यसअघि अर्जेन्टिनाचिली, अमेरिका, स्पानोएल, एथ्लेटिक बिल्वाओ, मार्सेको टोली सम्हालेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell