PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

अंश जोगाउन श्रीमतीको अपहरण, कुलतमा फसेको भन्दै पुर्‍याए सुधार केन्द्र



सविन ढकाल

अंश जोगाउन श्रीमतीको अपहरण, कुलतमा फसेको भन्दै पुर्‍याए सुधार केन्द्र

काठमाडौं : नरेन्द्रराज शर्मा पौडेल र अनुशा (नाम परिवर्तन) विवाह बन्धनमा बाँधिएको एक दशक पूरा भइसकेको छ। परिवारको राजीखुसीमै विवाह गरेका यी दम्पतीको जीवन हाँसीखुसी बितिरहेको थियो।
 
काठमाडौको सामाखुसी बस्दै आएका थिए, ५६ वर्षीय पौडेल।   

उनीहरुले जेजे सपना बुनेका थिए तर समयक्रमसँगै ती टुट्दै जान थाले। सुखद जीवनमा बिस्तारै खटपट पैदा हुन थाल्यो। मनमुटावले यो खुसीमा रमाइरहेको जोडीबीच ग्रहण लागिदियो। कतिसम्म भने नरेन्द्रकी श्रीमतिले पछि अंश नै माग्न थालिन्।
 
श्रीमानले सहजै अंश दिन इन्कार गरेपछि उनले कानुनको सहारा लिन पुगिन्। पटकपटक श्रीमतीले अंश माग गरेपछि दिक्क बनेका नरेन्द्रले अपहरण गर्ने योजना बने। तर आफ्नै श्रीमतीको।
 
श्रीमतीले रक्सी सेवन गर्न थालेको, कुलतमा फस्दै गएको भन्दै उनले कसैलाई थाहा नदिई ललितपुरको फेथ ड्रग एण्ड अल्कोहल ट्रिटमेन्ट
सेन्टरमा पुर्‍याए।

गत वर्षको मंसिर १४ बजे उनले सेन्टरमा पुर्‍याई बन्धक बनाए। तर अनुशाले भाग्ने मौकै पाइनन्। किनकि सेन्टरकै सञ्चालक सुभाष खड्का र कर्मचारी सुधिरचन्द्र अधिकारीले पनि नरेन्द्रलाई साथ दिएका थिए।

आफ्नो सम्पती श्रीमतीलाई नदिनकै लागि अपहरणको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
 
महिला सम्बन्धी काम गर्दै आएको संस्थाले दिएको उजुरीको आधारमा उनलाई उपहरणमुक्त गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी किसनसिंह थापाले पहिलोपोस्टलाई बताए।
 
नरेन्द्रले भने कुलतमा फसेकाले नै उपचारका लागि श्रीमतीलाई सेन्टरमा लगिएको दाबी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell