PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

प्रचण्डको उद्घोष- 'माओवादी आन्दोलन सहरकेन्द्रित भएको छ, अब यो सिद्धिन्न'



पहिलोपोस्ट

प्रचण्डको उद्घोष- 'माओवादी आन्दोलन सहरकेन्द्रित भएको छ, अब यो सिद्धिन्न'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'प्रतिक्रियावादीहरुले माओवादी आन्दोलन सिद्धिन्छ भने पनि त्यसो नभएको' बताएका छन्।
 
अखिल नेपाल ट्रेड युनियन महासंघहरूको राष्ट्रिय एकता सम्मेलन उद्घाटन गर्दै उनले भने, 'अब हुनेवाला पनि छैन र हुन दिनेवाला पनि छैनौं।'
 
नेपालमा माओवादीले नै ठूलाठूला राजीतिक परिवर्तनको नेतृत्व गरेको पनि उनले दाबी गरे। 'हामीले खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेका छौं,' उनले थपे, 'माओवादी केन्द्र अहिले नयाँ स्कुलिङको संश्लेषण-बहसमा जुटेको छ।'
 
माओवादी एकताले जनतामा नयाँ आत्मविश्वास, आशा र विश्वास पैदा गरेको भन्दै उनले ‘जनताका माओवादी, जनताको घरमा’ भन्ने नारासहितको अभियान मंसिरमा सञ्चालन हुने पनि जानकारी दिए।

माओवादी आन्दोलनको केन्द्रबिन्दु फेरिएकाले गाउँबाट नभई अब सहरमा केन्द्रित रहेको उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell