PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

आपूर्ति मन्त्री भन्छन्- ‘बजार अनुगमन जनयुद्ध जत्तिकै जटिल'



पहिलोपोस्ट

आपूर्ति मन्त्री भन्छन्- ‘बजार अनुगमन जनयुद्ध जत्तिकै जटिल'

काठमाडौं : आपूर्ति मन्त्री गणेशमान पुनले बजार अनुगमन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले देशैभरि बजार अनुगमन कार्यलाई तीव्रता बनाइने घोषणा पनि गरेका हुन्। मन्त्री पुनले बजारमा देखिएको बेथिति, अनुगमन र कारबाही जनयुद्ध लड्नुजत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाए।

‘कुनै पनि कामको दुई आयाम हुन्छ। जनयुद्ध जटिल थियो, बजार अनुगमन पनि जटिल छ,' उनले भने, 'यो पनि जनयुद्ध जस्तै हो।’
 
जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशभर एकैपटक अनुगमन कार्य सुरु गरिने पनि उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell