
पोखरा : स्याङजाको स्वरेक-३ पहरेभीरमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
वालिङदेखि स्वरेक हुँदै कालिकाकोट गाविसतर्फ जाँदै गरेको ग १ ज ३९३१ नम्बरको जिप पहरेभीरको कच्ची उकालो सडकबाट पछाडि सर्न गई सो दुर्घटना भएको हो।
दुर्घटनामा स्वरेक-३ टापुकी विमला पंगेनीसहित अन्य ४ जना घाइते भएका हुन्। उनीहरु प्राथामिक उपचारपछि घर फर्किए पनि पंगेनीको भने मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको उनका देवर कमल पंगेनीले बताए।
इन्द्रप्रसाद पराजुलीका अनुसार जिप खसेर भीरमा अड्किएकाले ठूलो दुर्घटना हुन पाएन। जिपमा १७ जना यात्रु थिए। दुर्घटनापछि चालक भने फरार रहेको इलाका प्रहरी कार्यलय वालिङका असइ उमानाथ लामीछानेले जानकारी दिएका छन्।
(फोटो सौजन्य : रेडियो गण्डकी पोखरा)