PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

बक्सिङ संघको वार्षिक कार्ययोजना सार्वजनिक, अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्ने लक्ष्य



पहिलोपोस्ट

बक्सिङ संघको वार्षिक कार्ययोजना सार्वजनिक, अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्ने लक्ष्य

काठमाडौं : नेपाल बक्सिङ संघको नयाँ कार्यसमितिले बक्सिङको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी संघले एक वर्षका लागि १० वटा कार्ययोजना सार्वजनिक गरेको हो। गत जेठ २२ गते भएको चौथो साधारणसभाले राम अवालेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। अवाले प्रथम दक्षिण एसियाली खेलमा नेपालको लागि बक्सिङमा रजत जितेका खेलाडी हुन्। उनी नेतृत्वको नयाँ कार्यसमितिले यस वर्ष बक्सिङ खेललाई विकेन्द्रित गर्ने खालको कार्यतालिका ल्याएको छ।
 
बक्सिङलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्यसमितिले विभिन्न राष्ट्रिय प्रतियोगितालाई समावेश गरेको छ। यस्तै अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य संघले राखेको छ।
 
कार्यतालिकाअनुसार साउनको अन्तिम साता काठमाडौंमा राष्ट्रिय एवं नेभिस बक्सिङ प्रतियोगिता हुनेछ। फागुनमा राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिप तथा जुनियर बक्सिङ प्रतियोगिता हुने कार्यतालिकामा उल्लेख छ। यस्तै मङ्सिर १४ देखि १९ गतेसम्म खेलाडीको स्तर निर्धारण गर्ने र्‍याङकिङ प्रतियोगिता झापामा हुनेछ। असोज र कात्तिकमा यू–१६ र यू–१७ का युथ च्याम्पियनसिप पोखरामा हुनेछ।
 
कार्यतालिकाअनुसार यही असार २८ र २९ गते रेफ्री जर्ज रिफ्रेसमेन्ट कोर्स हेटौंडामा हुनेछ जसमा देशभरिका ४० रेफ्री तथा जजले तालिम लिनेछन्। त्यस्तै पुस-माघमा जिल्ला क्षेत्र तथा राष्ट्रियस्तरबाट प्रशिक्षकलाई तालिम दिन ‘कोच रिफ्रेसमेन्ट ट्रेनिङ’ फागुनमा हुनेछ। चैतमा सिनियर बक्सिङ खेलाडीका लागि रेफ्री जर्ज कोर्स दिइनेछ जसबाट संघले नयाँ रेफ्री उत्पादन हुने आशा राखेको छ।
 
आगामी २०७४ वैशाख र जेठमा बक्सिङ खेल विद्यालयस्तरबाटै विकास गर्ने योजनाअनुरुप सो क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यसमितीले जानकारी दिएको छ।
 
संघका अध्यक्ष राम अवालले आगामी वर्षमा देशमा एउटा अन्तर्राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता गर्न आफूहरुले पहल गरिरहेको जानकारी दिए। त्यसका बीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ खेल पनि हुने भएकाले यो वर्ष बक्सिङ खेल विकासले लामो फड्को मार्ने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell