PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

​मधेस मुद्दामा प्रधानमन्त्री ओलीले भने : संवाद नै सहमतिको बाटो



पहिलोपोस्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस मुद‍्दामा वार्ताको विकल्प नरहेको दोहर्‍याएका छन्।

बजेटमाथि संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'नीति र कार्यक्रम प्रस्तुत गर्दा र बजेट प्रस्तुत गर्दा मैले तराई मधेसको आन्दोलन वार्ताको माध्यमबाट भनेको थिएँ। प्रयास जारी छ।'

उनले वार्ताबाट नै समस्या समाधान खोज्ने बताउँदै वार्ताबाटै सहमति प्राप्त गरिने पनि बताए। 'देशको सर्वोपरि हितलाई ध्यानमा राखेर वार्ताबाटै समाधान गर्ने हो,' ओलीले भने।

वार्ताका लागि आफूले गरेका प्रयासबारे जानकारी गराउँदै उनले भने, 'यसबीचमा २ वटा पत्र पठाएँ। अनौपचारिक तहमा थुप्रै कुरा भइरहेका छन्। र फेरि पनि वार्तालाई सहज रुपमा निश्कर्षमुखि बनाउन म सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु।'

सरकार सम्वाद र वार्ताको माध्यमबाट सहमतिको माध्यमबाट उपयुक्त तथ्य विधिबाट अघि बढ्न दृढ रहेको उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell