PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

म संघीयता विरोधी रे ! : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

काठमाडौं : बजेटमाथि उठेका टिप्पणी र प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संघीयताको विरोधी नरहेको प्रस्ट्याएका छन्।
'कसले हो कुन्नी, संघीयताको विरोध गरेँ मैले भनेर कसले हल्ला गर्‍यो,' ओलीले प्रस्टिकरण दिँदै भने, 'संघीयता कार्यान्वयन गोष्ठी आयोजना गरेँ। तर उल्टै मैले विरोध गरेँ भने।'

उनले संविधानले व्यवस्था गरेका व्यवस्थाहरु कसरी पूरा गर्ने भन्ने आफू लागिरहेको बताउँदै यसबारे अन्यौलता नराख्न भने।

'हामी अहिले संघीयतामा सैद्धान्तिक रुपमा मात्र प्रवेश गर्‍यौं,' ओलीले भने, 'अब कार्यान्वयन हुन सक्ने गरी प्रवेश गर्नुपर्छ।'

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै सांसदलाई बहसमा भाग लिएकोमा धन्यवादसमेत दिए।

पुनर्निर्माणको विषयमा शहरी विकास मन्त्रालयले मन्दिर मात्र बनाएको भन्ने आरोपको प्रतिकार गर्दै ओलीले भने, 'शहरी विकास मन्त्रालयले मन्दिर विकास गर्दैन। मन्दिरका परिसर ध्वस्त बनाउन रोक्ने र विग्रन रोक्ने काम गर्छ। मन्दिर लगायत धार्मिक महत्वका क्षेत्रको विकास संस्कृति मन्त्रालयले नै गर्छ। बजेटमा प्रिन्ट मिस्टेक त्यति सारो त हुन्न।'

नेपाली कांग्रेसका सांसदहरुले वीपी कोइरालासँग नाम जोडिएका लगायतका क्रमागत आयोजनामा बजेट कटौतीमाथि प्रश्न गरेका थिए। उत्तर दिँदै प्रधानमन्त्रीले क्रमागत आयोजना नकट्ने बताए। 'यदि कुनै भुलचुकले कटेको रहेछ भने त्यो सामेल हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell