PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

बाबुरामले लेखे 'सक्कल बमोजिम नक्कल ठीक छ' : १७ फोटोमा हेर्नुस् पार्टी दर्ताको क्षण

बाबुरामले लेखे 'सक्कल बमोजिम नक्कल ठीक छ' : १७ फोटोमा हेर्नुस् पार्टी दर्ताको क्षण

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा आज नयाँ शक्ति पार्टी नेपालले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। आइतबार मध्यान्ह भृकुटीमण्डपबाट निस्किएको मोटरसाइकल र्‍याली सहितको टोलीले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो।
 
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन पर्शुराम तामाङ, करिष्मा मानन्धर, अशोक शर्मा, हिसिला यमी लगायतका केन्द्रीय सदस्यहरु आयोगको कार्यालय कान्तिपथ पुगेका थिए। ९९ जना केन्द्रीय सदस्य रहेको नयाँ शक्तिले ९६ जना केन्द्रीय सदस्य सहित दल दर्ताको लागि आवेदन दिएको छ।

जम्मा केन्द्रीय सदस्य मध्ये ३४ जना महिला, ८ जना दलित सहित समावेशी तथा समानुपातिक केन्द्रीय सदस्य रहेको संयोजन भट्टराईले जानकारी गराए। नयाँ शक्ति पार्टी नेपाल औपचारिक नाम भए पनि साधारण बोलीचालीको भाषामा भने नयाँ शक्ति नेपाल पार्टीको नाम रहेको भट्टराईले बताए।

नयाँ शक्ति दर्ता भएसँग नेपालमा १ सय ८० राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। केही समय विभिन्न पार्टी खारेज भएकाले दर्ता भएका दलको सङ्ख्या १ सय ८० भन्दा कम हुने आयोगले बताएको छ। पार्टीले बुझाएको विधान, नियमावली, घोषणपत्र सबै प्रमाणित भए यसै आर्थिक वर्षभित्र नयाँ शक्ति पार्टी दर्ता हुने कार्यबाहक प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताए।

के भने बाबुरामले?

डाक्टर बाबुराम भट्टराईले दल दर्ताका लागि निवेदन दिएसँगै नयाँ शक्ति नेपालकै पहिलो लोकतान्त्रिक र समावेशी पार्टी भएको दावी गरे। भट्टराईले पार्टीमा सबै पदाधिकारी निर्वाचनबाट नै चुन्ने व्यवस्था भएकाले पनि लोकतान्त्रिक भएको जिकिर गरेका हुन्। नयाँ शक्ति पार्टी वैकल्पिक दलका रुपमा उदाएको भट्टराईको भनाइ थियो। पार्टीले आर्थिक उन्नतिको लागि काम गर्ने उनले दावी गरे।


ट्रेन्डिङ पोस्ट

Ncell