PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​अनशन अन्यत्र नसार्ने डाक्टर केसीको प्रण, उनको टीम वार्ता गर्न प्रम निवासतिर



पहिलोपोस्ट

​अनशन अन्यत्र नसार्ने डाक्टर केसीको प्रण, उनको टीम वार्ता गर्न प्रम निवासतिर

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको टीम प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ।
आजदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका डाक्टर केसी ओलीसँग वार्ता गर्न भने गएनन्। उनलाई प्रधानमन्त्री केपी ओलीले वार्ता गर्न बोलाएका थिए।  

उनलाई अस्पताल प्रशासनले त्रिवि शिक्षण अस्पताल परिसरभित्र अनशन नबस्न चेतावनी दिएको छ भने उनलाई साथ दिने विद्यार्थी डाक्टरहरुलाई कार्वाही हुने धम्की दिइएको छ। तर, केसी अनशनका लागि जुटेका छन्। बालुवाटारमा प्रधानमन्त्रीसँग हुने वार्तामा के हुन्छ त्यसले नै उनको अनशनको भविष्य तय गर्ने छ। अहिले केसी बालुवाटार पुगेका आफ्ना समर्थकहरुको प्रतिक्रिया कुरेर बसेका छन्।

अस्पताल छाड्दिन : केसी

पटक पटक अनशन बस्दासमेत उनका एजेन्डलाई सरकारले लत्याउँदै आएको छ। राजनीतिक दलका नेताहरु उनको मुद्दामा विभाजित छन् भने चिकित्सकहरु पनि विभाजित छन्। जीवनका महत्वपूर्ण हिस्सा गरिबको उपचारमा समर्पण गरेका डाक्टर केसीको पक्षमा ठूलो जनमत पनि छ।

चिकित्साशास्त्रको शिक्षामा भएको व्यापारिकरण र राजनीतिक हस्तक्षेपविरुद्ध खुलेर लागेका उनी पछिल्लो समय शक्ति केन्द्रका रुपमा स्थापित भएका अख्‍तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागका कारण 'विवाद'मा तानिएका छन्।

कार्कीका विरुद्ध अभियान नै छेडेपछि उनको समर्थनमा रहेका राजनीतिक दलका नेता तथा केही मिडिया हाउस उनीविरुद्ध क्याम्पेनिङमा उत्रिसकेका छन्। सामाजिक सञ्जालमा भने उनका पक्षधर धेरै छन्।

केसी भन्छन्, 'हस्पिटल कर्म थलो हो मेरो। म छोडेर अन्त अनशन बस्दिन।' यो पनि पढ्नुस्

डा. गोविन्द केसी आज आठौँ पटक अनसन बस्दै, यस्ता छन् उनका चार बुँदे माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell