PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फोटोमा हेर्नुस्, भित्र गोविन्द केसीको अनसन, बाहिर विरोध र समर्थन

फोटोमा हेर्नुस्, भित्र गोविन्द केसीको अनसन, बाहिर विरोध र समर्थन

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको गणेशमान भवनको तेस्रो तल्लामा डाक्टर गोविन्द केसी भुइँमा तकिया ओछ्याएर थचक्क बसेका छन्। केसी आठौँ पटक आमरण अनसनमा बसेका हुन्। उनले पटक-पटक चिकित्सा शिक्षामा सुधार र राम्रो व्यवस्थापनको माग गर्दै आएका छन्। आइतबार केसीले आमरण अनसनको घोषण गरेर बेडमा बसे लगत्तै अस्पताल परिसनमा नारा घन्कियो - गोविन्द केसी मुर्दावाद- मुर्दावाद।



मुर्दावादको नारा लागेपछि गोविन्द केसीका पक्षधरले नारा लगाए - गोविन्द केसी जिन्दावाद, जिन्दावाद। केसी मुर्दावाद र जिन्दावाद नारा मात्र लागेन, प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार प्रमुख लोकमानसि‌ह कार्की विरुद्ध पनि नारा रन्किए।

जिन्दावाद र मुर्दावाद भएपछि दुई पक्षधर बीच जुहारी चल्यो। अस्पतालको आँगनमा नारा गुन्जिँदा अस्पताल शैय्यामा उपचार गराइरहेका बिरामी भने रमिते बने। पक्ष विपक्षमा नाराको दोहोरी मात्र भएन, हात हालहालसम्म भयो। धन्न सुरक्षाकर्मीले हस्तक्षेप गरे, अनि नाराबाजी रोकियो। झडप टर्‍यो।

हेर्नुस् इलिट जोशी र दिपेन श्रेष्ठले पहिलोपोस्टका लागि खिचेका फोटा-


 


ट्रेन्डिङ पोस्ट

Ncell