PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​एण्डी मुरे दोस्रो पटक विम्बलडन च्याम्पियन



पहिलोपोस्ट

​एण्डी मुरे दोस्रो पटक विम्बलडन च्याम्पियन

ब्रिटिस नम्बर वान टेनिस खेलाडी एण्डी मुरेले दोस्रो पटक विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन्। वर्षको तेस्रो ग्राण्डसलाम अन्तर्गत आइतबार भएको फाइनल खेलमा क्यानडियन खेलाडी मिलोस राओनिकलाई सोझो सेटमा पराजित गर्दै दोस्रो पटक विम्बलडनको च्याम्पियन बनेका हुन्। 

समग्रमा भने मुरेले यो तेस्रो ग्राण्डसलाम उपाधि हो। यसअिघ सन् २०१२ मा पहिलो पटक ग्राण्डसलाम उपाधि जित्ने क्रममा युएस ओपनको उपाधि
जितेका मुरेले २०१३ मा पहिलो पटक विम्बलडनको उपाधि जितेका थिए। 

घाँसे मैदानमा हुने एकमात्र ग्राण्डसलाम अन्तर्गत मुरेले राओनिकलाई ६–४, ७–६ र ७–६को सेटमा पराजित गरेका हुन्। 


मुरे सन् १९३५ पछि विम्बलडनको उपाधि एक भन्दा बडी पटक जित्ने पहिलो खेलाडी बनेका छन्। ब्रिटिस खेलाडी फ्रेड पेरीले सन् १९३४ देखि १९३६ सम्म लगातार तीन पटक विम्बलडनको उपाधि जितेका थिए।

महिलातर्फको उपाधि भने सेरेना विलियमसले जितेकी छिन्। विश्व नम्वर वान सेरेनाले फाइनलमा एन्जेरिक करवरलाई हराउँदै करियरको २२ औं ग्राण्ड्सलाम उपाधि जितेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell