PahiloPost

Jun 8, 2026 | २५ जेठ २०८३

​रेनाटो सान्चेजले तोडे रोनाल्डोको रेकर्ड, युरो फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी



पहिलोपोस्ट

​रेनाटो सान्चेजले तोडे रोनाल्डोको रेकर्ड, युरो फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी

युरोकप २०१६ को उपाधिका लागि पोर्चुगल र आयोजक फ्रान्स बीचको फाइनल खेल सुरु भइसकेको छ।

खेल सुरु हुने बित्तिकै पोर्चुगलका रेनाटो सान्चेजले रेकर्ड कायम गरेका छन्। १८ वर्षे सान्चेज युरोकपको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन्। उनले पोर्चुगलकै रोनाल्डोको रेकर्ड तोडेका हुन्। 

फ्रान्स विरुद्ध फाइनल खेल्दै गर्दा सान्चेज १८ वर्ष ३२८ दिनका भएका छन्। यसअघि रोनाल्डोले सबैभन्दा कम उमेरमा युरो फाइनल खेल्ने रेकर्ड राखेका थिए।
सन् २००४ मा घरेलु भूमिमा ग्रिस विरुद्धको फाइनल खेल्दा रोनाल्डो १९ वर्ष १५० दिनका थिए। 

पोर्चुगलका लागि १० खेल खेलेका सान्चेजले १ गोल गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell