PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

होटलमा भयो रहस्यमय घटना, सिरकले छोपिएको अवस्थामा युवतीको शव



पहिलोपोस्ट

चितवन : नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन्।

भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको हो।
 
होटलमा उनी सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। युवतीको हत्या गरी ती युवक फरार भएको प्रहरीले अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell