PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

'बजाज भी-१५' नेपालमा, सिंगल र डबल बनाउन मिल्ने सिटसहित अन्य केके छन् सुविधा?

'बजाज भी-१५' नेपालमा, सिंगल र डबल बनाउन मिल्ने सिटसहित अन्य केके छन् सुविधा?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको छ।

आइतबार साँझ राजधानीमा 'बजाज भी–१५' सार्वजनिक गर्दै कम्पनीले यो बाइक नयाँ रेन्ज भएको दाबी समेत गरेको छ।
 
डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ। कच्ची तथा खाल्टा परेका सडकमा समेत सजिलै चलाउन सकिने गरी डिजाइन गरिएको यो मोटरसाइकल युवा पुस्ताले निकै रुचाउने विश्वास गरिएको छ। बाइकको मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ।
 
कच्ची सडक, पिच सडकमा भएका खाल्टाखुल्टी, अव्यवस्थित ट्राफिक जामजस्ता चुनौतीको सामना गर्न सक्ने गरी यो बाइक डिजाइन भएको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए। भरपर्दो र शक्तिशाली सवारी साधनका रुपमा यो मोटर साइकल नेपाल भित्र्याइएको पनि उनले जानकारी दिए।
 
बजाज भी-१५ बाइकमा सडकमा आइपर्ने चुनौतीका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट ब्यालेन्स, बलियो मेटलको प्रयोग र आकर्षक मोडल रहेको कम्पनीले जनाएको छ।
 
बाइकको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडि ड्रमब्रेक प्रयोग गरिएको छ। दुवै टायर ट्युवलेस छन्। १३ लिटर इन्धन अट्ने यो बाइक १.७ लिटर रिजर्भमा रहनेगरी बनाइएको छ।
 
कम्पनीले दिएको जानकारी अनुसार पर्ल ह्वाइट र इबोनी ब्लयाक गरी दुई रङमा बाइक उपलब्ध छन्।


ट्रेन्डिङ पोस्ट

Ncell