
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी हेडक्वार्टर बैठकमा सरकारको विकल्प र राष्ट्रिय सहमतीय सरकार निर्माण लगायतका विषयका छलफल भइरहेको छ।
आइतबार बसेको बैठकमा निष्कर्ष ननिस्किएपछि आज: पुन बैठक बसको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठक एमालेसँगको सत्ता गठबन्धनमा आफूले भोगेका जटिलता र विकल्पमा राष्ट्रिय सहमतिको सरकार निर्माणजस्ता विषयमा केन्द्रित छ।
एमाले नेतृत्व सरकारको विकल्पमा रहेको माओवादी सहमतीय सरकारको पक्षमा लबिङ गर्दै आएको छ।
यसअघि एमालेसँग भएको नौ बुँदे सहमतिसँगै 'भद्र सहमति'मा राष्ट्रिय सरकार गठनका विषयमा कुरा भएको माओवादीले बताउँदै आएको छ।
(फोटो : प्रचण्डको सचिवालय)