PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

नेपालको पहिलो महिला प्रधानन्यायाधीशले गरिन् पदभार ग्रहण



पहिलोपोस्ट

नेपालको पहिलो महिला प्रधानन्यायाधीशले गरिन् पदभार ग्रहण

काठमाडौं :  नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
 
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सपथ गराएकी हुन्।
 
प्रधानन्याधीशका लागि कार्कीलाई नियुक्ति गर्न चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी छिन्। उनले अाजै पदभार ग्रहण गरेकी छिन्।
 
यस्तै, प्रमुख आयुक्त डा. यादवलाई गएको शुक्रबारको संसदीय सुनुवाइ विशेष समितिको बैठकले सर्वसम्मत नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर लगायतको उपस्थिति थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell