PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

सिटी एक्सप्रेस अब आफ्नै भवनमा, १० वर्षमा कम्पनीको छलाङ, शून्यबाट अर्बौंको कारोबार



पहिलोपोस्ट

सिटी एक्सप्रेस अब आफ्नै भवनमा, १० वर्षमा कम्पनीको छलाङ, शून्यबाट अर्बौंको कारोबार

काठमाडौं : नेपालमा रेमिटेन्स भित्र्याउने अग्रणी कम्पनी सिटी एक्सप्रेस १०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवकै अवसर पारेर कम्पनी कमलादीस्थित आफ्नै अत्याधुनिक भवनमा सरेको छ।
 
पहिला यो कम्पनी घण्टाघरको मस्जिदसँगै जोडिएको भवनबाट कारोबार गर्दै आएको थियो। कम्पनी २०६४ साल असार २७ गते स्थापना भएको थियो। दुर्इ जना कर्मचारीबाट सामान्य लगानीबाट सुरु भएको यो कम्पनीले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको अर्बौं रकम नेपाल भित्र्याउँछ। कम्पनीको स्वदेश र विदेशमा गरेर पाँच हजारभन्दा बढी एजेन्ट छन्।
 
नयाँ भवनको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले सोमबार उद्घाटन गरे । रेमिटेन्स कम्पनीका कारण औपचारिक सञ्जालबाट ६ खर्बभन्दा बढी रुपैयाँ नेपाल भित्रिएको भन्दै उनले औपचारिक सञ्जालकै कारण हुण्डीका कारोबारीहरु निरुत्साहित भएको बताए।
 
कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले १० वर्षको अवधिमा सेवाभावले काम गरेकोले प्रगति सम्भव भएको चर्चा गरे। उनले १० वर्षअघि सामान्य दुर्इ जना कर्मचारीबाट सुरु गरेको कम्पनीले विदेशमा काम गरेको रकम सुरक्षित घरपरिवारसम्म पुयाएर विश्वास आर्जन गरेको दाबी गरे।
 
कम्पनीले मुलुकभित्र आएको विनाशकारी भूकम्पका बेलामा राहत वितरण गरेको थियो भने हास्य कलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनलार्इ १५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ। अहिले यी दुर्इ कलाकार कम्पनीको ब्राण्ड एम्बासडर समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell