PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

नवनियुक्त प्रधानन्यायाधीशका योजना : गरिब-निमुखालाई नि:शुल्क सेवा, मुद्दा फैसला डेढ वर्षभित्रै



सविन ढकाल

नवनियुक्त प्रधानन्यायाधीशका योजना : गरिब-निमुखालाई नि:शुल्क सेवा, मुद्दा फैसला डेढ वर्षभित्रै

 
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतको बारेमा बाहिर धेरै होहल्ला गरेर अदालतलाई नै माछा बजारझैं बनाएको बताएकी छिन्।
 
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि आफ्नो कार्यभार सम्हाल्दै उनले आफ्नो कार्यकालमा न्यायालयलाई जनताको पहुँचसम्म पुर्‍याउने दाबी गरिन्। पहुँचमा अहिले ५ प्रतिशत मात्र जनता आउने गरेकोमा यसलाई बढाएर लैजाने उनको प्रतिबद्ता छ।
 
'सुकिला- मुकिला र हुनेखाने वर्गमात्र अदालतमा आउने गरेकोमा अब पिछडिएको वर्ग, गरिब, निमुखा जनताले पनि सहज पहुँच पाउनेछन्,' उनले भनिन्, 'उनीहरुका लागि प्रोमोनो सर्भिस अर्थात् सितैमा सेवाको व्यवस्था समेत मिलाइएको छ।'
 

न्यायाधीशको लागि क्वाटर

पदभार ग्रहण गरेसँगै कार्कीले न्यायाधीशहरुको लागि छुट्टाछुट्टै क्वाटर बनाउने तयारी रहेको बताइन्।  सरकारले दिएको घरभाडा बापतको शुल्क कम भएको र भाडामा बस्दा असुरक्षा बढेकाले छुटै क्वाटरको व्यवस्था गर्ने सोच बनाएको उनको भनाइ छ। 'एउटा राम्रो घरसँगै बगैंचा भएको शान्त वातावरणमा क्वाटर बनाउने पहल भइरहेको छ,' उनले भनिन्।
 

न्यायालयको काम छिटोछरितो

नवनियुक्त कार्कीले आफ्नो कार्यकालमा न्यायालयको कामकारबाही छिटो र प्रभावकारी बनाउने बताएकी छिन्। त्यसका लागि एक घन्टे सेवा, इ-हाजिरी व्यवस्था, कर्मचारीको अनुगमन लगायतको काम सुरु भइसकेको उनले जानकारी दिइन्। 'न्यायालयमा कर्मचारीको अभाव भएकाले सवा लाख मुद्दाको चाङ लागेको छ,' उनको प्रतिबद्धता छ, '५ हजार मुद्दा २ वर्षदेखिका छन्। अब कुनै पनि मुद्दा एक वर्ष देखि १८ महिनाभित्र फैसला भइसक्नेछन्।'
  

सपना मल्लको बारेमा

प्रधानन्याधीस कार्कीले वरिष्ठताको आधारमा नै सपना प्रधान मल्ललाई सिफारिस गरिएको बताइन्।  न्याय क्षेत्रमा महिला अपरिहार्य भएकाले तत्काल मल्लजतिको न्याय र महिलाबारे बुझेको कोही नभएकाले पनि सिफारीस गरिएको उनले स्पष्ट पारिन्।
 

चुनौती के छ?

नवनियुक्त प्रधानन्यायाधीशका लागि एक वर्षको कार्यकालमा सबैभन्दा ठूलो चुनौती  प्रदेश विभाजनसँगै उच्च अदालतको स्थापन गर्नुरहेको छ। मुख्य न्यायाधीशको व्यवस्थापन लगायतका संरचनामा पनि उनलाई उत्तिकै चुनौती देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell