PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

लोकमानलाई सर्वोच्चले सोध्यो- 'अदालतको अवहेलनामा किन कारबाही नगर्ने?'



पहिलोपोस्ट

काठमाडौँ : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लिखित जवाफ पेश गर्न भनेको छ। 

कनकमणि दीक्षितकी पत्नी शान्ताले कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्। 

कनकमणिले दायर गरेको रिटमा सर्वोच्चले अख्तियारबाट निर्णय गराएर मात्रै मुद्दा अगाडि बढाउन र प्रयोजन नखुलाई कुनै कारबाही नगर्न आदेश दिएको थियो। 


सोही आदेश पालना नगरी आफ्नो पति पक्राउ गरिएको भन्दै शान्ताले मुद्दा दायर गरेकी थिइन्।  पत्रकार कनकमणिलाई साझा यातायातको अध्यक्षको रुपमा अख्तियारले पक्राउ गरेको थियो। 

सर्वोच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले 'किन अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने?' भन्दै कारण पेश गर्न आदेश दिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell