
काठमाडौँ : आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने नेकपा माओवादी केन्द्रको प्रस्ताव नेपाली कांग्रेसले ठाडै अस्वीकार गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन गर्न सहयोग गर्न आग्रह गरेका थिए।
भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार प्रचण्डले सिधै आफ्नो नेतृत्वमा समर्थन र सहयोग मागेका थिए।
'सभापतिज्युले यो सम्भव छैन, हुँदैन भन्नुभयो', निधिले भने।
देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतीय सरकार बनाउन सहयोग माग गरेको उदाहरण दिएका थिए।
'उसलाई पनि इन्कार गर्यौं्, निधिले देउवाको जवाफ उदृत गर्दै भने, 'राष्ट्रिय सहमतिको सरकार गठन गर्न उसलाई नगर्ने र तपाईंलाई गर्नुको कुनै अर्थै भएन।'
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै दुस्मनी नरहेको समेत जवाफ दिएका थिए।
भेटमा प्रचण्डले बहुमतीय सरकारबारे भने कुरा नउठाएको उनले बताए।
माओवादी केन्द्रको आजै बसेको हेडक्वाटर बैठकले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबैतिर पहल गर्ने निर्णय गरेको थियो।