PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पोखरा-दिल्ली बस सेवा सुरु, २४ घन्टे यात्राको भाडा ३५ सय



पहिलोपोस्ट

पोखरा-दिल्ली बस सेवा सुरु, २४ घन्टे यात्राको भाडा ३५ सय

पोखरा : पोखराबाट भारतको राजधानी नयाँदिल्लीका लागि बस सेवा सञ्चालनमा आएको छ।
 
गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा सोमबार बस सेवाको शुभारम्भ गरे। मोर्डन इरा टुर्स एन्ड ट्राभल्सले सञ्चालनमा ल्याएको पोखरा-दिल्ली मैत्री बस सेवा सुरु भएको हो।
 
ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्त रुपमा बस सेवा सुरु गरेका हुन्।
 
दिल्ली पुग्न करिब २४ घन्टा लाग्ने बताइएको उक्त बस चढ्न एकातर्फी ३५ सय २० रुपैयाँ भाडा तोकिएको छ। पोखरा-दिल्लीको दुरी करिब १३ सय ५० किलोमिटर छ।
 
पोखराबाट हरेक बिहान ९ बजे छुट्ने व्यवस्था मिलाइएको छ। राष्ट्र बैंक चोकमा रहेको बसपार्कबाट हिँडेको बसले स्याङ्जा, पाल्पा, बुटवल, सुनौली, लखनउ रुट हुँदै दिल्लीको गन्तव्य तय गर्नेछ।
 
मन्त्री बस्नेतले पोखरा र नयाँदिल्लीबीच बस सेवा सञ्चालन हुनु पोखराको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास राखेका छन्।
 
राजदूत रायले पोखरासँग यातायात सेवा जोडिएसँगै यहाँ आउने पर्यटकहरू अन्नपूर्ण मुक्तिनाथ जस्ता विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न जान सक्ने उल्लेख गरे।

ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यातायात सेवा सञ्चालनसँगै शिक्षा स्वास्थ्य लगायत विभिन्न प्रयोजनमा आवत जावत गर्ने सर्वसाधारण लाभान्वित हुने आशा व्यक्त गरेका छन्। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell