PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

‌ओली सरकार अल्पमतमा, उपप्रम रायमाझीले भने, 'हामी सरकारमा छैनौँ'



पहिलोपोस्ट

‌ओली सरकार अल्पमतमा, उपप्रम रायमाझीले भने, 'हामी सरकारमा छैनौँ'

काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीको तर्फबाट सरकारको नेतृत्व गरेका टोपबहादुर रायमाझीले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको पुष्टि पहिलोपोस्टसँग गरे।
 
उनले भने, 'संसदीय दलले समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। अब हामी सरकारमा छैनौँ। संसदीय दलका नेता अध्यक्ष प्रचण्डले फिर्ता लिने निर्णय गरेको जानकारी हामीलाई दिनुभयो।'

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार अल्पमतमा परेको छ। तत्कालीन नेकपा एमाओवादीले निर्वाचनमा ८४ सिट जितेको थियो।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार समर्थन फिर्ता लिएको बताउन माओवादी केन्द्रका नेताहरु आउने भन्ने जानकारी गराइसके पनि समय निश्चित भइनसकेको बताए। 

माओवादी केन्द्रले दिउँसो २ बजे संसदीय दलको कार्यालय सि‌हदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ। 

यसअघि हिजो साँझ प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा सवा दुई घण्टा एक्लाएक्लै वार्ता भएको थियो। त्यसअघि प्रचण्डले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासित पनि छलफल गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell