PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

नेपालबाट दिल्लीका लागि छुटेको बस बहराइचमा दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते



पहिलोपोस्ट

नेपालबाट दिल्लीका लागि छुटेको बस बहराइचमा दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते

काठमाडौं : नेपालबाट दिल्लीका लागि छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ३० जना घाइते भएको सो दुर्घटनामा दुईको अवस्था गम्भीर छ।
  
बस नेपालको कुन ठाउँबाट छुटेको भन्ने खुल्न सकेको छैन। बस भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लाको रेसिया टाउनमा ट्रकसँग जुधेको आइबी टाइम्सले जनाएको छ। उक्त ट्रक फलफूल लोड गरेर उत्तराखण्डबाट गइरहेको थियो।


घाइतेको लखनउ मेडिकल कलेजमा उपचार भइरहेको बहराइचका प्रहरी अधिकृत सालिक रामले बताएका छन्। दुवै गाडीका चालकको मृत्यु भएको जनाइएको छ। मृतकको विवरण आउन बाँकी छ।  (फोटो :आइबी टाइम्स) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell