PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

विदेश पठाउने भन्दै करोडौंको ठगी



पहिलोपोस्ट

काठमाडौं : वैदेशिक रोजगारीको लागि आकर्षण तलबको प्रभोलन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्रेको छ। बाग्लुङ देवीस्थान गाविस बडा नम्वर ६ घरभइ दाङ बस्ने होम बहादुर हन्त्याललाई पक्राउ गरेको हो।

पक्राउ परेका हन्त्यालले मकाउ, अफ्रिका, इराक लगायतका देशमा पठाइदिन्छु भन्दै लाखौं रुपयाँ उठाएको प्रहरीको अनुसन्धानले देखाएको छ। पीडितले उजुरी दिएपछि इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएपछि प्रहरीले खोजी तीब्र बनाएको थियो।

प्रहरीले खोजी गरे पनि होमबहादुर थाइल्याण्ड र दुवईमा बस्दै आएका थिए। निजलाई प्रहरीले गत आइतबार काठमाडौंको सुन्धराबाट पक्राउ गरेको थियो। उनले प्रत्येकबाट ४ लाखदेखि साढे ६ लाखसम्म उठाएको पीडितको भनाइ छ। होमबहादुरको विरुद्धमा ६६ लाख १५ हजार विगोको उजुरी प्राप्त गएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले पठाएका ६ जना व्यक्तिहरु हाल दुवईमा अलपत्र परिरहेकाले उद्धारको लागि पहल गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell