PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​माओवादीले किन छाड्यो सरकार? यस्ता छन् ९ महिनामा सरकार छाड्नुका ४ कारण



पहिलोपोस्ट

​माओवादीले किन छाड्यो सरकार? यस्ता छन् ९ महिनामा सरकार छाड्नुका ४ कारण

काठमाडौं : नौ महिनासम्म नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारलाई साथ दिएको नेकपा माओवादी केन्द्रले सोमबारबाट औपचारिक रुपमा नै सरकारसँगको सर्मथन फिर्ता लिएको छ। नेता कृष्णबहादुर महराका अनुसार अब सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्नेछ। उनले भने, 'अबको सरकार अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्छ।'
  
महराले बताएअनुसार ९ महिने साथ टुटाउने प्रमुख ४ कारण -

१) एमाले नेतृत्वको सरकारले असोजमा घोषणा भएको संविधान कार्यन्वयनमा शंका भएकाले सरकार छाडेको जनाएको छ। 'माघ २७ गतेसम्म संविधान संकटमा पर्ने' भन्दै उसले सरकार छाड्नुको पहिलो कारण संविधान कार्यान्वयनलाई नै देखाएको छ।

२) शान्ति प्रक्रियालाई टुङ्गो लगाउन पनि सरकारको सर्मथन फिर्ता लिएको माओवादी नेताहरुले बताएका छन्।

३) अहिले नेतृत्व गरिरहेको सरकारले मधेसकेन्द्रित दलहरुको समस्या समाधान गर्न नसकेकाले सरकार छोड्नुपर्ने कारण देखाएको छ। लामो समयदेखि मधेसकेन्द्रित दलहरु आन्दोलनमा रहे पनि उनीहरुको माग पूरा गर्न नसकेको माओवादीले बुझाएको छ।

४) भूकम्पपीडित जनताको जीवन सहज पार्न अहिलेको सरकारले काम गर्न नसकेको आरोप समेत लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell