PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

​नयाँ सरकार बनाउन कांग्रेस र माओवादी गठबन्धनलाई थप ८ सांसद चाहिने



मनोज सत्याल

​नयाँ सरकार बनाउन कांग्रेस र माओवादी गठबन्धनलाई थप ८ सांसद चाहिने

  • पहिलोपोस्ट -
काठमाडौं : नयाँ सरकार गठनका लागि अहिलेको संसद संरचना अनुसार २९८ जनाको बहुमत आवश्यक पर्छ। नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकार गठनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सपभाति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका थिए।

कस्तो होला समीकरण?

संसदमा नेपाली कांग्रेसको २०७ जना सांसद छन्। त्यस्तै माओवादी केन्द्रका ८३ जना सांसद छन्। यी दुवै दलको सांसद संख्याले मात्र भने बहुमत पुग्ने अवस्था छैन।

यसअघि नै केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गर्ने निर्णय गरेका मधेस केन्द्रित दलहरुले कांग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धनलाई सहयोग गर्ने सम्भावना रहन्छ। दुवै दललाई सरकार बनाउनका लागि थप ८ सांसद आवश्यक पर्छ। कांग्रेस र माओवादीको बहुमतीय गठबन्धन बन्ने अवस्थामा २ सय ९० सांसद पुग्छन्।

संख्याकै आधारमा अहिलेको सत्ता गठबन्‍धनको भन्दा कांग्रेस-माओवादी सहज अवस्थामा छन्। केपी ओलीको नेतृत्वमा जस्तो साना दलहरुलाई भागबण्डा लगाउन पर्ने अवस्था नरहने देखिन्छ।  

त्यतो त अहिले सरकारमा रहेका केही साना दलहरु र फोरम लोकतान्त्रिकले समेत नयाँ गठबन्धनमा सहयोग गर्न सक्छन्।

मधेस केन्द्रित दलहरुको गठबन्धनसँग ३९ जना सांसद रहेका छन्। संघीय समाजवादी फोरम नेपालसँग १५ सांसद रहेका छन् भने तमलोपासँग ११ सांसद रहेका छन्। त्यस्तै सद्भावनाका ५ जना रहेका छन्। त्यसैगरी तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीका ३/३ जना सांसद रहेका छन्। त्यसैगरी फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीका १ / १ जना रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कांग्रेसलाई सहमतीय सरकारमा आउन भनेका थिए जसलाई उसले नकारेको थियो। त्यस आधारमा अब बन्ने सरकार बहुमतीय नै हुने सम्भावना बढी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell