PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

प्रधानमन्त्रीले संसद 'फेस' गर्ने, विश्वासको मत लिनुहुन्छ भनेर सोध्दा उनले भने, 'विचार गर्दैछु'



मनोज सत्याल

प्रधानमन्त्रीले संसद 'फेस' गर्ने, विश्वासको मत लिनुहुन्छ भनेर सोध्दा उनले भने, 'विचार गर्दैछु'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आगामी कदमबारे आफूले विचार गरिरहेको बताएका छन्। मंगलबार दिउँसो सि‌ंहदबारमा मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'माओवादीले समर्थन फिर्ता लिएको पत्र प्राप्त भयो, विचार गर्दैछु।'

के तपाईँ विश्वासको मत लिनुहुन्छ त भनी सोधिएको प्रश्नको जवाफमा पनि उनले 'विचार गर्दैछु' भने। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीले संसद फेस गर्नुहुने जानकारी दिए। त्यसको अर्थ संसदमा विश्वासको मत लिने हो कि सम्बोधन गर्ने हो भन्ने बारे उनले केही खुलाएनन्। 

संसदबाट प्रमाणित हुन्छ : उपप्रम रावल

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले भने यो सरकार केमा पर्‍यो भन्ने संसदबाट मात्रै प्रमाणित हुने बताए। 

माओवादी केन्द्रले भने आफूहरुले समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गरेको थियो। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell