PahiloPost

Jun 8, 2026 | २५ जेठ २०८३

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने माओवादी निर्णय



पहिलोपोस्ट

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने माओवादी निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने नेकपा माओवादी केन्द्रको तयारी छ।
 
आज बस्ने व्यवस्थापिका संसद बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग्ने भएको छ। आज बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।
 
'सरकार नै अल्पमतमा परिसक्यो,' माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले भनिन्, 'प्रधानमन्त्रीले राजीनामा दिनु जायज र स्वाभाविक पनि हो।' राजीनामा नदिएसम्म कार्यसूचीमा रहेको अर्थ सम्बन्धीको विधेयक पारित गर्न समेत नदिने निर्णय गरिरएको उनले बताइन्।

आजको संसद बैठकमा बजेट सम्बन्धी विधेयक पारितको कार्यसूची तोकिएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका केन्द्रीय नेताहरु अबको राजनीतिक दिशाबारे छलफलमा व्यस्त छन्। (फाइल फोटो : प्रचण्ड सचिवालय) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell