PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

संसद बैठक स्थगित, ३ बजे पुन: बस्ने



पहिलोपोस्ट

संसद बैठक स्थगित, ३ बजे पुन: बस्ने

काठमाडौं : आज बिहान ११ बजे बोलाइएको संसद बैठक स्थगित भएको छ।
 
व्यवस्थापिका संसद बैठकमा आज बजेटसम्बन्धी तीन वटा विधेयक पारित हुने कार्यसूची थियो। राजस्व सम्बन्धीको आर्थिक विधेयक, राष्ट्र ऋण सम्बन्धी विधेयक र ऋण जमानत २१ औं संशोधन विधेयकमाथिको छलफल तोकिएको थियो।
 
प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी बैठकमा असर परेको हो। सूचना टाँस गर्दै बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको बैठकले प्रधानमन्धीले राजीनामा नगरे बजेट पारित हुन नदिने भन्दै अविश्वासको प्रस्ताव दर्ताका लागि तयारी थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell