PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधानमन्त्रीको राजीनामा कुर्दै माओवादी, तीन बजेसम्म पर्खने



पहिलोपोस्ट

प्रधानमन्त्रीको राजीनामा कुर्दै माओवादी, तीन बजेसम्म पर्खने

काठमाडौं : नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न ३ बजेसम्मका लागि अल्टिमेटम दिएको छ।
 
संसद भवनमा बसेको माओवादी संसदीय दलको बैठकले ३ बजेसम्म राजीनामा नआए नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो।
 
समससीमा पर्खने र प्रधानमन्त्रीबाट राजीनामा नआए कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको नेता गिरिराजमणि पोखरेलले बताए। 'तर बजेट पारितका लागि भने अवरोध हुनेछैन,' उनले भने।
 
अर्का नेता रामनारायण बिडारीले भने सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै सही विकल्प रहेको बताएका छन्। 'यसले बजेट सम्बन्धी विधेयक पारितमा अप्ठेरो पनि पर्न सक्छ,' उनको भनाइ छ।
 
आज बिहान बसेको माओवादी केन्द्रको बैठकले प्रधानमन्धीले राजीनामा नगरे बजेट पारित हुन नदिने भन्दै अविश्वासको प्रस्ताव दर्ताका लागि तयारी थालेको छ।
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell