PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

प्रचण्डको पार्टीको सहमतिपत्रलाई कांग्रेसको मोहर



सविन ढकाल

काठमाडौं : नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठनको सहमतिपत्रलाई अनुमोदन गरेको छ।

त्यस्तै कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले संसदको व्यवस्थापिका बैठकमा अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पहिलोपोस्टसँग भने, 'अल्पमतमा परिसकेको सरकारका प्रधानमन्त्रीले राजिनामा नदिए बाध्य भएर अविश्वासको प्रस्ताव लैजाने छौं। प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ या विश्वासको मत लिने प्रस्ताव लैजानु पर्‍यो।'

नेपाली कांग्रेसकै केही नेताले एकलौटी ढंगले सरकार बनाउने निर्णय गरिएको विरोध गरेका छन्। रामचन्द्र पौडेल पक्षधर नेताले हुन लागेको समीकरणको विरोध गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell