PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सिंहदरबार पुगेर माओवादी मन्त्रीले दिए संयुक्त राजीनामा



पहिलोपोस्ट

सिंहदरबार पुगेर माओवादी मन्त्रीले दिए संयुक्त राजीनामा

काठमाडौं : सरकारबाट फिर्ता भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन्। आज मध्याह्न उनीहरुले प्रधानमन्त्री कार्यालय पुगेर सामूहिक राजीनामा बुझाएका हुन्।

बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय बमोजिम सामूहिक राजीनामा दिएको पूर्वमन्त्री अग्नि सापकोटाले जानकारी दिए। सापकोटाले पहिलोपोस्टसँग सामूहिक राजीनामा पत्र बुझाइसकेको जानकारी गराएका छन्।

केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारमा माओवादीका तर्फबाट ८ जना मन्त्री थिए। 

यी हुन् माओवादीबाट फिर्ता भएका मन्त्रीहरु

१. शक्तिबहादुर बस्नेत : गृह
२. टोपबहादुर रायमाझी : ऊर्जा
३. गिरिराजमणि पोखरेल : शिक्षा
४. अग्निप्रसाद सापकोटा : वन तथा भूसंरक्षण
५. गणेशमान पुन : आपूर्ति
६. हरिबोल प्रसाद गजुरेल : कृषि विकास
७. रेखा शर्मा : सामान्य प्रशासन
८. उमेशकुमार यादव : सिँचाइ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell