PahiloPost

Jun 15, 2026 | १ असार २०८३

माओवादी-कांग्रेस अविश्वासको प्रस्ताव लैजाने तयारीमा, थालियो हस्ताक्षर संकलन



मनोज सत्याल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ताको तयारी थालेका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले हस्ताक्षर सुरु गरेका छन्।
 
आजै ३ बजेसम्म राजीनामा नआए संसदमा अविश्वासको प्रस्ताव पेस गर्ने माओवादी निर्णय छ भने कांग्रेसले पनि माओवादीलाई साथ दिएको छ।
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठनको सहमतिपत्रलाई अनुमोदन समेत गरिसकेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले संसदको व्यवस्थापिका बैठकमा अविश्वासको प्रस्ताव लैजाने निर्णय समेत आजै गरेको छ।
 
अविश्वासको प्रस्ताव आजै दर्ता गर्ने कांग्रेस र माओवादी तयारीस्वरुप हस्ताक्षर गरिएको कांग्रेस सांसद धनराज गुरुङले बताए। 'पार्टीले निर्णय गरिसकेकाले हस्ताक्षर गरेका हौं,' उनले भने।
 
अविश्वासको प्रस्तावका २५ प्रतिशत अर्थात् १ सय ५१ सांसदको सहमति चाहिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell