PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक, रोनाल्डो र मेसी शीर्ष १० मा



पहिलोपोस्ट

सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक, रोनाल्डो र मेसी शीर्ष १० मा

फोर्ब्स विश्वका सर्वाधिक कमाइ गर्ने सय सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ। अमेरिकी म्यागजिनले जारी गरेको सूचीको पहिलो स्थानमा गायिका टेलर स्विफ्ट पर्न सफल भएकी छिन्।
 
अमेरिका गायिका स्विफ्टले १७० मिलियन अमेरिकी डलर कमाएकी छिन्। यस्तै शीर्ष १० को सूचीमा दुई फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी समेत परेका छन्। रोनाल्डो संयुक्त रुपमा चौथो तथा मेसी आठौं स्थानमा पर्न सफल भएका हुन्।
 
सूचीको दोस्रो स्थानमा सांगीतिक ब्याण्ड वान डिरेक्सन रहेको छ। वान डिरेक्सनको कमाइ ११० मिलियन अमेरिकी डलर रहेको छ।
 
पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोको कमाइ ८८ मिलियन डलर छ।
 
कोपा अमेरिका सेन्टेनारियोको उपाधि भिडन्तमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेसीको कमाइ भने ८१.५ मिलियन डलर रहेको छ।
 

शीर्ष १० भित्र पर्न सफल सेलिब्रिटी

१. टेलर स्विफ्ट, म्युजिसियन: १७० मिलियन
२. वान डिरेक्सन, म्युजिक ब्याण्ड : ११० मिलियन
३. जेम्स पटरसन, लेखक : ९५ मिलियन
४. डा. फिल म्याकग्र, टेलिभिजन पर्सनालिटी : ८८ मिलियन
४. क्रिस्टियानो रोनाल्डो, फुटबलर : ८८ मिलियन
६. केभिन हार्ट, कमेडियन : ८७.५ मिलियन
७. होवार्ड स्टेयन, रेडियो-टेलिभिजन पर्सनालिटी : ८५ मिलियन
८. लियोनल मेसी, फुटबलर : ८१.५ मिलियन
९. एडेले : म्युजिसियन, ८०.५ मिलियन
१०. रस लिम्वग, रेडियो-टेलिभिजन पर्सनलालिटी : ७९ मिलियन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell