
काठमाडौं : एक्सन हिरोको रुपमा चर्चामा आइरहेका टाइगर श्राफ अभिनित फिल्म 'अ फ्लाइङ ज्याट'को ट्रेलर सार्वजनिक भएको छ।
टाइगर अनुहारमा मुकुट लगाएर देखापरेका छन्। त्यहाँ उनी आकाशमा उड्छन्। दुस्मनसँग लड्छन्। हेर्दा प्रस्ट हुन्छ- रेमो डिसुजाको निर्देशनमा बनेको सो फिल्म सुपर हिरोको हिरोइक कथा हो। ट्रेलर हेरिरहँदा यसअघि हिट भएको हिरोइक फिल्म क्रिसको झल्को आउँछ।
धेरैले 'अ फ्लाइङ ज्याट'मा क्रिसको धार समाएको र टाइगरलाई ॠतिक रोशनसँग दाँजेको हल्ला भएपछि टाइगरले सो आरोप अस्विकार गरेको बलिउड हंगामामा जनाइएको छ। 'रेमो सरको सुपर न्याचुरल फिल्म बनाउने प्रयास हो, जसमा मैले आफूले सक्दो राम्रो गर्ने कोसिस गरेको छु,' उनले भनेका छन्, 'तर हाम्रो फिल्मलाई क्रिससँग तुलना गर्नु पर्दैन। त्यसमा ॠतिक रोशनले जस्तो काम गर्नुभएको छ, उत्कृष्ट गर्नुभएको छ। म आफैंले पनि क्रिस धेरै पटक हेरेको छु।'
टाइगरले आफ्नो लागि सबैभन्दा राम्रो सुपर हिरो 'शिबका इन्साफ' मा आफ्नै बुवा भए पनि त्यो फिल्मसँग आफ्नो फिल्म दाँज्न नमिल्ने बताए। उनले आफ्नो अनुभव सुनाउँदै भने, 'आफ्नो बुवा देशी सुपर हिरो बनेर आकाशमा उड्दा एकदम खुसी लागेको थियो। सुपर म्यान, ब्याट म्यान सबै आफ्नै बुवा जस्तो लाग्थ्यो। पछि क्रिस हेरेपछि क्रिस नै मनपर्यो।'
अब उनी त्यस्तै भूमिका निर्वाह गर्दैछन्। आफ्ना बुवा र ॠतिक कसैसँग पनि तुलना गर्नु राम्रो नभएको उनी बताउँछन्। टाइगरका बुवा ज्याक्की श्राफ अभिनित सुपर हिरोइक फिल्म 'शिबका इन्साफ' पहिलो भारतीय थ्रिडी फिल्म हो।
अ फ्लाइङ ज्याटमा टाइगरको यस्तो छ एक्सन-