
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत चार विधाको शीर्ष पाँच स्थानमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ।
मंगलबार मञ्चले सार्वजनिक गरेको मनोनयन सूचीमा मार्सल आर्टस्, फुटबल र क्रिकेटका खेलाडी तथा प्रशिक्षकको वर्चस्व रहेको छ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीमा फुटबलबाट नवयुग श्रेष्ठ र विकेश कुथु परेका छन्। यस्तै, भारोत्तलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा रहेका छन्।
महिला उत्कृष्ट खेलाडीमा जुडोकी फुपू ल्यामु खत्री, उसुकी निमा घर्ती मगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेकी छिन्।
उत्कृष्ट युवा खेलाडीमा उसुकी निमा घर्ती मगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, फुटबलका अन्जल विष्ट र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन्।
यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षकमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य तथा क्रिकेटका जगत टमाटा रहेका छन्। मञ्चले यसअघि नै पिपुल च्वाइस अवार्ड अन्तर्गत पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ। जसमा नवयुग श्रेष्ठ र सन्दिप लामिछाने सहित भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारा देवी पुन रहेका छन्।
यी पाँच विधासहित लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेक्ट अवार्ड र स्पेशल अवार्ड गरी कुल ८ विधामा पल्सर स्पोर्टस अवार्ड प्रदान गरिनेछ।
यस पटकको अवार्ड कार्यक्रमा साउन ६ गते कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।
वर्ष २०७२ का उत्कृष्ट पुरुष खेलाडी
नवयुग श्रेष्ठ र विकेश कुथु (फुटबल)विकास थापा (भारोत्तोलन)
राजेश चौधरी (उसु)
वीरबहादुर महरा (तेक्वान्दो),
वर्ष २०७२ का उत्कृष्ट महिला खेलाडी
फुपू ल्हामु खत्री (जुडो)नीमा घर्तीमगर (उसु)
गौरिका सिंह (पौडी)
रोजा केसी (ट्रायथलन)
रेजिना कार्की (तेक्वान्दो)
वर्ष २०७२ का उत्कृष्ट युवा खेलाडी
नीमा घर्तीमगर (उसु)गौरिका सिंह (पौडी)
सन्दिप लामिछाने (क्रिकेट)
मनीता श्रेष्ठ प्रधान (जुडो)
अन्जन विष्ट (फुटबल)
वर्ष २०७२ का उत्कृष्ट प्रशिक्षक
प्रकाश महर्जन (उसु)दलबहादुर गुरुङ (जुडो)
बालगोराल महर्जन, राजुकाजी शाक्य (फुटबल)
जगत टमाटा (क्रिकेट)
पिपुल च्वाइड अवार्ड २०७२
नवयुग श्रेष्ठ (फुटबल)सन्दिप लामिछाने (क्रिकेट)
प्रतिभा माली (भलिबल)
नविता श्रेष्ठ (टेबलटेनिस)
तारादेवी पुन (भारोत्तोलन)