PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

मधेसी मोर्चासहितको संघीय गठबन्धनले ओली सरकारको विपक्षमा मतदान गर्ने



सविन ढकाल

मधेसी मोर्चासहितको संघीय गठबन्धनले ओली सरकारको विपक्षमा मतदान गर्ने

काठमाडौँ : संविधान संशोधनको माग गर्दै आन्दोलन गरिरहेको मधेशी मोर्चासहितको संघीय गठबन्धनले माओवादी केन्द्र र कांग्रेसको पक्षमा मत दिने निर्णय गरेको छ।

आज दिँउसो संसद भवन भित्र बसेको गठवन्धनको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार माओवादी र कांग्रेसको अविश्वास प्रस्तावमा समर्थन गरेपछि पनि आन्दोलन जारी रहनेछ।

उनले भने, 'आन्दोलन माग पूरा नभएसम्म छोड्दैनौ र सरकारमा जाने पनि छैनौँ।' उनका अनुसार अहिले मोर्चासहितको गठबन्धनमा ४२ जना सांसद छन्। उनीहरुले अविश्वास प्रस्तावको लागि हस्ताक्षर बुझाउने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell