PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​मैत्रिपुर्ण महिला भलिबल : नेपाल र भारतको टोलीबिच दुई खेल हुने



पहिलोपोस्ट

​मैत्रिपुर्ण महिला भलिबल : नेपाल र भारतको टोलीबिच दुई खेल हुने

काठमाडौँ : नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टोलीबीच दुई मैत्रिपुर्ण खेल हुने भएका छ। नेपाल भलिबल संघको आयोजनामा आगामी साउन १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो। 

नेपाल भलिबल सघंले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल र भारत बीचको खेल त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने जानकारी दिएको हो।

मैत्रिपुर्ण खेलका लागि लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा १७ सदस्यीय नेपाली महिला खेलाडीले प्रशिक्षण गरिरहेका छन् । गत असार ४ गतेदेखि राष्ट्रिय टोली छनोटका लागि खेलाडीको प्रशिक्षण शुरु गरीएको नेपाल भलिबल संघले जनाएको छ। 

नेपाली महिला टोलीले गत बर्ष नेपालमै आयोजना भएको दक्षिण एसियाली प्रतियोगितामा उपविजेता भएको थियो भने भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा तेस्रो स्थानमा चित्त बुझाएको थियो।

बन्द प्रशिक्षण रहेका खेलाडी तथा प्रशिक्षकको होटल ब्यवस्थापनका लागि शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडि रन्जन खड्काले आर्थिक सहयोग प्रदान गरेका छन्। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष खड्काले एक लाख ५० हजार बराबरको चेक नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मालाई हस्तान्तरण गरे। 

यस्तै समाजसेवी तथा नेपाल भलिबल संघका पूर्व सदस्य बिनोद सुवेदी र नाशा इन्टरनेश्नल कलेजका अध्यक्ष प्रकाश थापाले पनि भलिबल खेल विकासका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। संघका पुर्व सदस्य सुवेदीले २ लाख र अध्यक्ष थापाले १ लाख बराबरको चेक संघका अध्यक्ष शर्मालाई हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell