PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

नयाँ शक्तिको नजरमा सरकार असफल हुनुका ४ कारण



पहिलोपोस्ट

नयाँ शक्तिको नजरमा सरकार असफल हुनुका ४ कारण

काठमाडौं : सरकार परिवर्तनको चर्चासँगै नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार असफल हुनुका कारण पेस गरेको छ।
 
सत्तारुढ गठबन्धनभित्रै बेमेल बढ्नुको परिणाम ओली सरकार संकटमा परेको र नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन नसकेको नयाँ शक्तिको बुझाइ छ।

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेका कारण जनताका निम्ति यो घटना कागलाई बेल पाक्यो हर्ष न विस्मातबाहेक केही भएको छैन।'

राजनीतिक अस्थिरता रहिरहनुमा नयाँ संविधानमा अवलम्बन गरिएको असफलसिद्ध संसदीय प्रणालीको ताजा परिणाम रहेको दाबी गर्दै पार्टीले स्थायित्व र विकासको प्रस्थानबिन्दु ठानिएको नयाँ संविधान आएपछि पनि निरर्थक सरकार गठन र विघटनको शृंखलाको अन्त्य हुन नसकेको ठहर गरेको छ।

'नयाँ शक्ति पार्टीले उठाउँदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुनः पुष्टि भएको छ,' प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

नयाँ शक्तिको नजरमा सरकार असफलताका ४ कारण

१. संविधानको कार्यान्वयनका लागि मधेस, थारु, जनजाति लगायतका मागहरुको सम्बोधन गर्न नसक्नु,
२. भूकम्पपीडितहरुप्रति संवेदनहीनता प्रदर्शन गर्नु,
३. कालाबजारी, महँगी र अभावलाई नियन्त्रण गर्न नसक्नु  
४. भूराजनीतिक अवस्थितिका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न नसक्नु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell