PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

नेशनल एक्टिङ कम्पिटिसनका लागि भिडियो पठाउन पाइने



पहिलोपोस्ट

नेशनल एक्टिङ कम्पिटिसनका लागि भिडियो पठाउन पाइने

काठमाडौं कला क्षेत्रमा युवा जमातको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने र देशमा रहेका नाट्य प्रतिभाहरुलाई मञ्च दिने उद्देश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन' यसै वर्षदेखि सुरु भयो।
 
इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको ‘नेक्स्ट मोडल्स नेपाल’ले असार २२ गते आयोजना गरेको राष्ट्रिय नाट्य प्रतिस्पर्धाका लागि पहिलो अडिसनबाट १८ जना प्रतियोगी चयन भए।
 
प्रतियोगितामा चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बरालले प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट प्रतिभाहरु छनोट गरेका हुन्। प्रतियोगिताको लागि अन्य कलाकार कार्यक्रमको दोस्रो अडिसनबाट चयन हुनेछन्। आगामी अडिसन काठमाडौंमा यही साउन १० र ११ गते हुनेछ।
 
छनोटका लागि काठमाडौंभित्र मात्र अडिसन लिइने भएकाले बाहिरका प्रतियोगीले भिडियोमार्फत अडिसन दिन पाउनेछन्। प्रतियोगीले पठाएको भिडियोको एक्टिङको आधारमा उनीहरुको मुल्याङ्कन हुनेछ। काठमाडौंभित्रै रहेका प्रतियोगीले भने नेक्स्ट मोडल्स नेपालको कार्यलय अनामनगरमा आवेदन दिन सक्नेछन्।
 
प्रतियोगिताका लागि छानिएका ६० प्रतियोगीलाई ३५ दिने प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा सहभागी मध्येबाट टप ४०, टप २०, टप १० र टप ५ हुँदै विजेता घोषणा गरिने नेक्स्ट मोडल्स नेपालले जानकारी दियो।
 
प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँसम्म उपहार प्राप्त गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell